Powered by Blogger.
Latest Post

मोनिकाको पापी जवानी…(भिडियो)

Written By JobSeem on Sunday, January 20, 2013 | 12:04 AM

गायिका रुपा बिष्टको ‘मलाई गर्व छ’ नामक एल्बममा समावेश गीतसंगीतले अहिले चर्चा पाइरहेका छन् । एल्बममा समावेश सम्पुर्ण गीतको भिडियो पनि तयार भएको छ । यसैबिच एल्बममा समावेश ‘पापी जवानी’ बोलको गीतको भिडियो अनलाइनखबरमार्फत सार्बजनिक गरिएको छ ।यो भिडियोलाई बादल प्रसाइले निर्देशन गरेका हुन् । भिडियोमा टेकेन्द्र सिंहको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । भिडियोमा मोडल मोनिका दाहाललाई देख्न सकिन्छ ।

प्रधानमन्त्री भट्टराई अब टि्वटरमा

Written By JobSeem on Saturday, January 19, 2013 | 11:53 PM

७ माघ, काठमाण्डौ । के तपाईसंग प्रधानमन्त्रीसंग गर्नै पर्ने कुनै गुनासा छन् ? के तपाई प्रधानमान्त्रीसंग कुराकानी गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ? त्यस्ता कुनै गुनासा भए अब  प्रधानमन्त्री डा बाबुराम भट्टराईले तपाईसंग प्रत्यक्षरुपमा कुराकानी तथा अन्तक्रिर्या गर्नु हुने छ । त्यो हो सामाजिक संजाल टि्वटरवाट ।

प्रत्येक महिनाको अन्तिम शुक्रवार जनताको घरमा एक रात विताउने घोषणा गरेर चर्चामा आउनु भएका प्रधानमन्त्री डा वावुराम भट्टराईले आइतवारदेखि टि्वटर चलाउन थाल्नु भएको छ । विशेषगरी युवापुस्तासंग प्रत्यक्ष अन्तक्रिर्या गनका लागि प्रधानमन्त्री भट्टराईले आइतवारदेखि टि्वटर चलाउन थाल्नु भएको हो ।

जनताको घरमा महिनाको एक दिन बाँस बस्न गएर जनतासंग प्रत्यक्ष संबाद गर्न थालेको झण्डै सात महिनापछि युवा पुस्तालाई मध्यनजर गर्दै प्रधानमन्त्री भट्टराईले टि्वटर चलाउन थाल्नु भएको प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । जनतासंग प्रत्यक्षरुपमा संबाद गर्न रुचाउने प्रधानमन्त्री भट्टराईले अब युवा पुस्तासंग सिधा आफै प्रत्यक्षरुपमा कुराकानी गर्नु हुने छ ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger